सहकारी ठगी प्रकरणमा आजदेखि रविसहितका प्रतिवादीतर्फको बहस हुँदै

काठमाडौं, १९ पुस । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजदेखि प्रतिवादीहरूतर्फको बहस सुरु हुँदैछ ।

जिल्ला अदालत कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीतर्फको बहस हुन लागेको हो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार जाहेरवालाका तर्फबाट बहस सकिएको थियो । अब आजदेखि प्रतिवादीका तर्फबाट कानून व्यवसायीहरूले बहस गर्नेछन् ।

जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा बहस भइरहेको छ । लामिछानेलगायत प्रतिवादी रहेको मुद्दामा बिहीबार जाहेरवालाका तर्फबाट ६ जना कानून व्यवसायीले बहस गरेका थिए ।

प्रतिवादीका तर्फबाट बहस सकिएपछि पुनः सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।