पार्टीलाई विभाजन गरेर लड्डु खाएकाहरू अहिले लड्डु ओकल्नुपरेको छ : प्रधानमन्त्री ओली ( प्रतिवेदनसहित)

काठमाडाैं, २१ पुस । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर लड्डु खाएका कतिपय नेताहरुलाई अहिले लड्डु ओकल्नुपरेको टिप्पणी गर्नुभएकाे छ ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले आजदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै यस्ताे बताउनुभएकाे हाे ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरु मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएको पनि बताउनुभएको छ । उहाँले प्रतिक्रियावादी शक्तिहरु निर्दयी र अमानवीयरुपमा एमालेविरुद्ध झुठा प्रचारमा लागेको टिप्पणी गर्नुभयो ।

उहाँले एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरु लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रह गर्नुभयो ।

अध्यक्षको राजनीतिक प्रतिवेदन 8th CC Report (Political) - readable text