एमाले केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक जारी
काठमाडौं, २३ पुस । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरू भएको छ ।
पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवदेनमाथि नेताहरूले धारणा राखिरहनुभएकाे छ ।
आइतबारबाट जारी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।
प्रतिवेदनमाथि बोल्न बाँकी रहनुभएका नेताहरूले बोलिसकेपछि अध्यक्ष ओलीले उठेका प्रश्नहरूको जवाफ दिनुहुनेछ ।