काठमाडाैं महानगरपालिका वडा नं २१ काे आयाेजनामा दस दिने बेकरी तालिम
काठमाडाैं, २९ पुस । काठमाडाैं महानगरपालिका वडा नं २१ काे आयाेजनामा दस दिने बेकरी तालिम सुरू भएकाे छ ।
तालिम काठमाडाैं महानगरपालिका वडा नं २१ काे कार्यालय ज्याबहालमा भएकाे हाे ।
शिप सिकाैं आफुले सिकेकाे शिप अरूलाइ पनि सिकाऔं भन्ने नाराका साथ साेमबारदेखि सुरूभएकाे तालिम १० दिन सञ्चालन हुने वडा नं २१ का वडा अध्यक्ष उदय चुडामणी बज्राचार्यले बताउनुभयाे ।
बेकरी तालिम काठमाडाैं महानगरपालिका वडा नं २१ काे आयाेजना र विसडम इन्स्टिच्युट एण्ड हस्पिटालिटी ट्रेनिङ सेन्टरकाे सहयाेमा सञ्चालन भएकाे हाे ।