नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौं, १३ माघ । यो साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्जको परिसूचक (नेप्से) दोहोरो अङ्कले घटेको छ। यसदिन नेप्से परिसूचक १० दशमलव ४१ अङ्कले गिरावट भई २,६४३.९३ बिन्दुमा कायम भएकाे छ ।
कारोबारका हिसावमा आज ३१८ कम्पनीका १.५७ लाख शेयर कित्ताको कारोबार भएर कुल कारोबार रकम: रु. ९ अर्ब १२ करोडकाे काराेबार ९४,८१३ पटक भएकाे थियाे ।
यसदिन विकास बैंक, जलविद्युत्, लघुवित्त र म्युचुअल फण्ड समूहमा मामुली वृद्धि भएकाे छ भने वित्त समूह ४.७६ प्रतिशतले सबैभन्दा बढी घटेको बैंकिङ, होटल, लगानी, बीमा र व्यापार समूहमा ह्रास आएकाे छ ।
यसदिन उपकार लघुवित्त र माथिल्लो मैलुङ खोलाको शेयरमा सकारात्मक सर्किट लागेकाे छ भने बोटलर्स नेपाललगायत चार कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेकाे छ ।
यसदिन सबैभन्दा बढी कारोबार सप्तकोशी डेभलपमेन्ट बैंक (रु. ३९ करोड ५३ लाख) भएकाे छ भने सबैभन्दा बढी शेयर कारोबार नेपाल रिइन्स्योरेन्स (४.११ लाख कित्ता) भएकाे छ ।