पाठेघरको मुखको क्यान्सर विरूद्धको नि:शुल्क खोप आजदेखि

काठमाडाैं, २२ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरूद्धको निःशुल्क खोप अभियान थालेकाे छ ।

विश्व क्यान्सर दिवसकाे अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा खोप अभियान सुरू गरिएको हो।

नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मंगलबार महाराजगञ्जस्थित शिवपुरी उच्च माध्यमिक विद्यालयबाट खोप अभियान सुरू गरिएको हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीहरूलाई खोप दिन लागिएको छ।

यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *