भ्रष्टाचार सूचकांकमा नेपाल झिनो अंककाे सुधारसहित १०७औं स्थानमा पुग्याे

काठमाडौं, २९ माघ । नेपाल विश्वव्यापी भ्रष्टाचार सूचकांकमा झिनो सुधार देखिएकाे छ ।

धेरै भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा रहेको नेपाल १०० मा ३४ अंक पाएर १०७औं स्थानमा पुगेको हो। नेपालले भ्रष्टाचारमा आफ्नो स्थानबाट झिनो सुधार गरेको छ।

भ्रष्टाचार सम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई) – २०२४ मा नेपाल गत वर्षभन्दा एक स्थान माथि उक्लिएको हो।

गत वर्ष नेपाल ३५ अंक पाएर १०८औं स्थानमा थियो। विश्वभर एकैपटक सार्वजनिक गरिएको प्रतिवेदनमा दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ। भुटान ७२ अंकका साथ रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान छ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वका १८० देशहरूलाई समेटेर तयार पारेको प्रतिवेदनअनुसार ९० अंकसहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा परेको छ। डेनमार्क ७ वर्षदेखि लगातार ९० अंक प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ। भने साउथ सुडान ८ अंकसहित सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *