संसदमा पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्न जोड

काठमाडौँ, १२ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा सांसद रञ्जुकुमारी झाले पाथीभरामा केबलकार निर्माणका क्रममा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

शून्य समयमा बाेल्दै उहाँले सरकार र आन्दोलनरत पक्षबीच समस्या समाधान वार्तामार्फत हुनुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले स्थानीयलाई दमन गरेर नभइ सहकार्य गरेर सद्भावपूर्ण वातावरण निर्माण गरी समस्या समाधान गर्न आवश्यक रहेको बताउनुभयो । सांसद झाले सरकारसँगै आन्दोलनरत स्थानीयलाई पनि विकास निर्माणप्रति सचेत रहन आग्रह गर्नुभयो ।