टाेखाका समाजसेवी तथा जेएम ३० ग्रुपका अध्यक्ष शैलेन्द्र डंगोल दक्षिणकालीमा सम्मानित
काठमाडाैं, १८ फागुन । टाेखाका युवा समाजसेवी तथा जेएम ३० ग्रुपका अध्यक्ष शैलेन्द्र डंगोल दक्षिणकालीमा सम्मानित भएका छन् ।
टाेखा नगरपालिका वडा ३ निवासी युवा समाजसेवी शैलेन्द्र डंगोललाई दक्षिणकाली नगरपालिका वडा ८ छैमलेमा अवस्थित भत्तेरचौर शितोरियो कराते डोजोले सम्मान गरेका हुन् ।
अध्यक्ष शैलेन्द्र डंगोलले टाेखामा रहेरपनि दक्षिणकाली नगरपालिका-८ मा अवस्थित भत्तेरचौर शितोरियो कराते डोजोलाई अगाडि बढाउन गरेकाे अतुलनीय सहयोगकाे कदर गर्दै डोजोले सम्मान गरेका हुन् ।
डोजोका अध्यक्ष कृष्ण कुमार पौडेल र डाेजाेका प्रमुख सल्लाहकार रघुवीर सिंह साउदले एक कार्यक्रमकाे आयाेजना गरी युवा समाजसेवी डंगोललाई सम्मानपत्रसहित सम्मान गरेकाे र आउँदा दिनमा पनि यस्तै सहयाेगकाे अपेक्षा गरिएकाे बताएका छन् ।
सम्मान ग्रहण पश्चात समाजसेवी डंगोलले भत्तेरचौर शितोरियो कराते डोजोका पदाधिकारी ,प्रशिक्षक र खेलाडीहरुलाई हार्दिक आभार व्यक्त गरेका थिए ।
भत्तेरचौर शितोरियो कराते डोजोले आयोजना गरेको सम्मान कार्यक्रममा डाेजाेका मुख्य प्रशिक्षक सुद्दिप आचार्य, सहायक प्रशिक्षक श्री कृष्ण आचार्य , सहायक प्रशिक्षक अनिल कर्माचार्य,डाेजाेका पदाधिकारीहरु लगायत खेलाडीहरुको उपस्थिती रहेकाे थियो ।
