थापाथलीमा मेलम्चीको पाइपलाइन मर्मत सम्पन्न, खानेपानी आपूर्ति सुचारु हुने

काठमाडौं,२१ फागुन । थापाथलीमा मंगलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइनको मर्मत कार्य सम्पन्न भएको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्राविधिक टोलीले आज बिहान ४ बजे मर्मत कार्य पूरा गरेको हो।

पाइपलाइन फुटेपछि खानेपानी आपूर्तिमा अवरोध आएको थियो। मर्मतपश्चात् खानेपानी आपूर्ति सुचारु हुने केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिनुभयो। अब उपत्यकामा खानेपानीको नियमित वितरण हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *