य: मरी पुन्ही:काे अवसरमा भएकाे त्य: छिं त्य:काे समापन

काठमाडाैं, २१ फागुन । काठमाडाैं महानगरपालिका वडा नं २२ स्थित लुज: नेवा: साँस्कृतिक पुच:काे आयाेजना तथा नेवा: दय दबु: २२ वडाकाे सह आयाेजनामा य: मरी पुन्ही:काे अवसरमा सुरूभएकाे त्य: छिं त्य:काे समापन भएकाे छ ।

काठमाडाैं महानगरपालिकाकाे सहयाेगमा मङ्सिर ३० गतेदेखि पाैषकाे ७ गतेसम्म य: मरी पुन्ही:काे अवसरमा युवाहरूले सँस्कृति र दबु: संरक्षणका निम्ती काठमाडाैं महानगरपालिकाका विभिन्न स्थानमा त्य: छिं त्य: कार्यक्रम आयाेजना गरेकाे थियाे । साेही कार्यक्रमकाे शनिबार समापन भएकाे हाे ।

त्य: छिं त्य:काे समापन कार्यक्रममा प्रमुख अतिथि काठमाडाैं महानगरपालिकाका उपप्रमुख सुनिता डंगाेलले सहभागीहरूलाइ मायाँकाे चिनाे वितरण गर्नुभएकाे थियाे ।

कार्यक्रममा विशेष अतिथि काठमाडाैं महानगरपालिका वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, अतिथि लुज: नेवा: साँस्कृतिक पुच:का सल्लाहकार तथा समाजसेवी दिपक महर्जन, नेवा: दय दबु: २२ वडा कमिटीका अध्यक्ष गंगादेवी महर्जनलगाएतकाे उपस्थिती रहेकाे थियाे ।

कार्यक्रम लुज: नेवा: साँस्कृतिक पुच:का अध्यक्ष राजन महर्जनकाे सभापतित्वमा समापन गरिएकाे थियाे भने पुच:ले आगामी दिनमा पनि सँस्कृति र दबु: संरक्षणका निम्ती यस्तै कार्यक्रम आयाेजना गरिने जनाएकाे छ ।