गृहमन्त्री लेखकद्वारा बैतडीको शान्तिसुरक्षाबारे जानकारी
बैतडी, २३ फागुन । गृहमन्त्री रमेश लेखकले बैतडी जिल्लाको शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिनुभएकाे छ ।
आज बिहान खोड्पे प्रहरी चौकीको निरीक्षण गर्दै उहाँले जिल्लाको शान्तिसुरक्षाबारे जानकारी लिएनुभएकाे हाे ।
प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार गृहमन्त्री लेखकले जिल्लाको समग्र शान्तिसुरक्षाका बारेमा जानकारी लिनुका साथै आवश्यक निर्देशन दिनुभएकाे जनाएकाे छ । “खोड्पे प्रहरी चौकीको निरीक्षणका क्रममा गृहमन्त्रीज्यूले जिल्लाको समग्र शान्तिसुरक्षा र विपद्को विषय जानकारी लिनुभयो, साथै आवश्यक निर्देशन समेत दिएर जानुभयो,” उहाँले भन्नुभयाे।
गृहमन्त्री लेखकले शान्तिसुरक्षा, विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रणलगायत विषयमा निर्देशन दिनुभएकाे छ । बैतडीपश्चात् उहाँ बझाङका लागि प्रस्थान गर्नुभएकाे छ। गृहमन्त्रीका स्वकीय सचिव जनकराज भट्टका अनुसार बझाङमा भूकम्पबाट पीडितका लागि आवास पुनर्निर्माणका लागि अस्थायी कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ।