टेम्केमैयुङ गाउँपालिकामा एकल, दलित र श्रमिक महिला सम्मानित

भोजपुर,२५ फागुन । टेम्केमैयुङ गाउँपालिकाले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गाउँपालिकाभित्रका एकल, दलित, श्रमिक तथा विपन्न महिलालाई सम्मान गरेको छ। साथै, उनीहरूलाई आवश्यक सहयोग पनि गरिएको छ।

गाउँपालिकाले नौवटै वडाका समाजमा सङ्घर्ष गरिरहेका एकल, दलित तथा विपन्न महिलालाई हौसला प्रदान गर्ने उद्देश्यले सम्मानसहित दैनिक आवश्यक पर्ने सामग्री सहयोग गरेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन्। पालिकाले बर्सेनि विभिन्न रचनात्मक काम गर्दै आएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *