भारतलाई च्याम्पियन्स ट्रफीको उपाधि

दुबई, २५ फागुन । भारतले आइतबार न्युजिल्यान्डलाई चार विकेटले हराएर च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले सात विकेटको क्षतिमा २५१ रन बनाएको थियो । भारतले ४९ ओभरमा छ विकेटको क्षतिमा २५४ रन बनाएर लक्ष्य हासिल गर्यो ।

प्रारमिभक ब्याट्सम्यान तथा कप्तान रोहितले सात चौका र तीन छक्कासहित ८३ बलमा सर्वाधिक ७६ रनको पालि खेलेपछि भारतको जित सहज बन्यो । रोहित र शुभमन गिल ३२ रन)ले पहिलो विकेटका लागि १०५ रनको साझेदारी निर्वाह गरेपछि भारत सहज जितर्फ अग्रसर भएको हो । श्रेयस एयर (४८ रन), केएल राहुल (अविजित रन), अक्सर पटेल (२९ रन) र हार्दिक पाण्ड्या (१८ रन) ले पनि महत्वपूर्ण रन बनाए ।

यसअघि, न्युजिल्यान्डका लागि डारेल मिचेलले सर्वाधिक ६३ रन बनाएका थिए । अलराउन्डर बे्रसवेलले पनि ४० बलमा तीन चौका र दुई छक्कासहित अविजित ५३ रनको पालि खेले । न्युजिल्यान्डको पालिमा वरुण चक्रवर्ती र कुलदीप यादवले दुई–दुई तथा अक्सर पटेल, रविन्द्र जडेजा र मोहम्मद सामीले एक–एक विकेट लिए ।

भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको च्याम्पियन भएको हो । यसअघि, सन् २००२ र २०१३ मा पनि भारत विजेता बनेको थियो । सन् २००२ मा वर्षा बाधक बनेपछि भारत र श्रीलङ्कालाई संयुक्तरुपमा विजेता घोषित गरिएको थियो । रोहितकै कप्तानीमा भारत सन् २०२४ मा टि२० विश्वकप च्याम्पियन पनि बनेको थियो ।
एजेन्सी