सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, २७ फागुन । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख ६९ हजार ९०० रुपैयाँ कायम भएको छ।

त्यसैगरी, आज एक तोला चाँदी १ हजार ९७० रुपैयाँमा किनबेच हुनेछ। अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन २ हजार ८९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।