सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला रु चार हजारले बढ्यो
काठमाडौं, १ चैत । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज सुनको मूल्य प्रतितोला रु. ४ हजारले बढेर रु. १ लाख ७४ हजार ५ सय पुगेको छ।
बिहीबार सुनको मूल्य प्रतितोला रु. १ लाख ७० हजार ५ सय थियो। चाँदीको मूल्य पनि बढेर प्रतितोला रु. २ हजार ५० कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार सुनको मूल्य आन्तरिक कारणले नभई बाह्य कारणले बढेको हो। “अमेरिकी डलरको मूल्यमा भएको वृद्धि र अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमका कारण सुनको मूल्य बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिलाई समायोजन गर्दा नेपालमा पनि हालसम्मकै उच्च मूल्य कायम भएको उहाँले राष्ट्रिय समाचार समितिलाई जानकारी दिनुभयो।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रति औंस २ हजार ९ सय ८२ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ।