संसद बैठक सुरु, सुशासन विधेयकमाथि छलफल हुने

काठमाडौं, ४ चैत । प्रतिनिधिसभाको बैठक आजबाट सुरु भएको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि सदनमा दफावार छलफल गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

आज नै प्रधानमन्त्री ओलीले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्नुहुनेछ ।
यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि दफावार छलफल गरियोस् र उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।