प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौं, ७ चैत । आज प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठकमा सांसदहरूले समय लिएर विभिन्न विषयमा आफ्नो धारणा राखिरहेका छन्।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार सदस्यहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम छ।

त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव गर्नुहुनेछ । उक्त विधेयकमाथि आएका संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ ।

उपप्रधानमन्त्री पौडेलले ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पनि राख्ने कार्यसूची छ। उक्त विधेयकमाथि आएका संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ ।

यसैगरी, उपप्रधानमन्त्री पौडेलले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव राख्ने कार्यसूची छ। उक्त विधेयकमाथि आएका संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ ।

अन्तमा, उपप्रधानमन्त्री पौडेलले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव राख्नुहुनेछ ।