मनिष झाकाे प्रश्नमा प्रधानमन्त्री ओलीले भने, सरकारले हाम्रो होइन राम्रो मान्छे नियुक्त गर्छ

काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सांसद मनिष झालाई तथ्यमा आधारित भएर प्रश्न सोध्न आग्रह गर्नुभएकाे छ ।

प्रतिनिधिसभाको बैठकमा झाले सोधेको प्रश्नको जवाफ दिँदै प्रश्न प्रश्नकोरूपमा आए जवाफ दिन सजिलो हुने तर आरोपको रूपमा आएपछि खण्डन गर्नैपर्ने बाध्यता आइलागेको बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले मेरिटोक्रेसीका आधारमा सरकारले कर्मचारीहरू नियुक्त गर्ने भन्दै आफ्ना मान्छे नियुक्त गर्छ भन्ने आरोप सही नभएको बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले प्रतिप्रश्न गर्दै भन्नुभयाे, ‘मुलुक चलाउनको लागि शक्तिशाली भनिएका देशले पनि ऋण लिन्छन्, हामीले पनि लिन्छौं । देशको स्थिति हामीले बुझेका छौं । गरिबीमा छ देश, आज यो दुईटा ठूला पार्टीको दुई तिहाइको सरकार बनेपछि यो आठ महिनामा देशको आर्थिक अवस्था जटिल ठाउँमा पुगेको हो ?’