मिर्गाैलासम्बन्धी उपचारमा नेपालले क्रमिक उपलब्धि हासिल गरेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति गर्दै गएकाे बताउनुभएकाे छ ।
नेपाल सोसाइटी अफ नेफ्रोलोजीको पाँचौ सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गरिबीको निवारणसहित स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउँदै निरोगी नेपालको अभियानलाई सार्थक तुल्याउन जोड दिनुभयो ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल विश्वमै सस्तो स्वास्थ्य सेवा दिने मुलुक बन्न सक्ने बताउनुभयाे ।
दुई पटक मिर्गाैला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओलीले पहिलो प्रत्यारोपण गराउँदा नेपालमा सुविधा नभएकाले भारतमा गरेको र दोस्रो पटक सुविधा उपलब्ध भएपछि नेपालमै प्रधानमन्त्रीका हैसियतमा प्रत्यारोपण गराउँन पाउँदा गर्व महसुस भएको उल्लेख गर्नुभयो । सम्मेलनबाट प्राप्त निष्कर्षहरु सरकारलाई नीतिगत सुधारका लागि उपयोगी हुने बताउँदै प्रधानमन्त्री ओलीले मिर्गाैला रोग विशेषज्ञका साथमा सरकार सदैव रहने स्पष्ट गर्नुभयो ।
कार्यक्रममा समाजका अध्यक्ष प्रा डा दिव्या सिंह शाहले दक्षिण एसियामा मिर्गाैला रोगको समस्या र निदानका प्रयासबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।