बाँकेमा पानी बाेक्ने ट्याङ्करकाे ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्यु, स्थानीयको आक्रोश

नेपालगञ्ज, १० चैत । बाँकेको डुडुवा गाउँपालिका-२ बेतहानीमा आज पानी ट्याङ्करले ठक्कर दिँदा दुई जना बालकको ज्यान गएको छ।

भे १ ख ४१०७ नम्बरको ट्याङ्करले ठक्कर दिँदा स्थानीय ९ वर्षीय शिउकुमार गोदिया र ८ वर्षीय विशाल गोदियाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी, प्रहरी निरीक्षक यामबहादुर मल्लले जानकारी दिनुभयो।

दुर्घटनापछि आक्रोशित स्थानीयले ट्याङ्करमा आगजनी गरेका छन्। प्रहरीका अनुसार आगजनीबाट ट्याङ्कर पूर्ण रूपमा जलेको छ। घटनास्थलमा तनाव जारी रहेको र थप क्षति हुन नदिन प्रहरी परिचालन गरिएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाई फायर गर्नुपरेको जानकारी दिनुभयो। “घटनाको पूर्ण विवरण आउन बाँकी छ, तर स्थिति नियन्त्रणभन्दा बाहिर गएकोले हवाई फायर गर्नुपरेको हो,” उहाँले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *