काठमाडाैंमा आज समाजवादी मोर्चा र राजावादी समर्थकहरुको छुट्टाछुट्टै प्रदर्शन हुँदै
काठमाडौं, १५ चैत्र । राजधानी काठमाडौंका विभिन्न स्थानमा आज राजावादी समर्थकहरु र समाजवादी मोर्चाकाे छुट्टाछुट्टै प्रदर्शन हुँदैछ ।
राजावादीहरुले तीनकुने क्षेत्रमा प्रदर्शन गर्नेछन्, भने समाजवादी मोर्चाले विभिन्न स्थानबाट जुलुस निकालेर भृकुटीमण्डपमा भेला गर्ने जनाएकाे छ ।
समाजवादी मोर्चामा रहेका दलहरुले गणतन्त्रको पक्ष र दुर्गा प्रसाईंको नेतृत्वमा राजतन्त्रको पक्षमा प्रदर्शन हुने भएको हो ।
प्रदर्शनमा अप्रिय घटना हुन नदिन प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएको जनाएकाे छ ।