तीनकुने-बानेश्वर क्षेत्रमा तनाव, प्रहरीद्वारा अश्रुग्याँस प्रहार
काठमाडौं, १५ चैत । काठमाडौंको तीनकुने क्षेत्रमा राजसंस्थाको समर्थनमा प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।
प्रहरीले स्थिति तनावग्रस्त बनेपछि अश्रुग्याँस प्रहार गर्नुका साथै लाठीचार्जसमेत गरेकाे छ ।
प्रदर्शनकारीहरू जबरजस्ती बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले पाँच राउन्ड अश्रुग्याँस प्रहार गरेको छ। केही प्रदर्शनकारीमाथि लाठीचार्ज पनि भएको बताइएको छ।