राजावादीहरूको प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेमा एक घरमा आगजनी

काठमाडौं, १५ चैत । काठमाडौंको तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा एउटा घरमा आगजनी गरेकाे छ।

प्रदर्शनकारीहरूले उक्त घरमा प्रहरी लुकेर अश्रुग्यास प्रहार गरेको भन्दै ढुंगामुढा गरेका थिए।

प्रहरीका अनुसार सडकमा बालिएको टायरबाट आगो सल्केको जनाइएपनिप्रदर्शनकारीहरूले प्रहरीलाई संरक्षण गरेर आफूहरूमाथि दमन गर्न सघाएको आरोप लगाउँदै घरमा तोडफोड र आगजनी गरेका हुन्।

प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीहरूले सुरुमा घरभित्रबाट कुर्सी र कागजपत्र निकालेर आगो लगाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *