जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर तीन मिनेटकाे बीचमा दुई पटक भूकम्प

सुर्खेत, २२ चैत । जाजरकोटको कुशे गाउँपालिकाको पैङ्क आसपास केन्द्रबिन्दु भएर आज साँझ दुई पटक भूकम्प गएकाे छ ।

प्रथम पटक ०८ः०७ बजे ५ दशमलव २ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख चिन्तन तिम्लिसेनाले जानकारी दिनुभयो ।

त्यसैगरी दोस्रो भूकम्प पनि सोही केन्द्रबिन्दु भएर ०८ः१० बजे ५ दशमलव ५ म्याग्निच्युडको भूकम्पको धक्का गएको उहाँले बताउनुभयो ।