त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

काठमाडौं, २८ चैत्र । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजङ्ग बरालको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति बरालको राजीनामा स्वीकृत गर्नुभएकाे हाे ।

उहाँले बरालको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएकाे छ।

गत चैत ११ गते त्रिभुवन विश्वविद्यालयकाे उपकुलपतिबाट बरालले राजीनामा दिएका थिए । बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाएका थिए ।