दुर्गा प्रसाईं पक्राउ

काठमाडौं, २८ चैत । दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । प्रहरीले उनलाई पक्राउ गरेर नेपाल ल्याइँदैछ ।

गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके बनेका प्रसाईं भागेर सम्पर्कविहीन भएका थिए ।

तीनकुने घटनापछि प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए ।

तीनकुनेमा भएको प्रदर्शन भाँडिएपछि प्रदर्शनकारीले लिएको उग्र शैलीका कारण दुई जनाको मृत्यु भएको थियो ।