आन्दोलनरत शिक्षकलाई वार्तामा आउन शिक्षामन्त्री पन्तको आग्रह
काठमाडौं, १२ वैशाख । सरकारले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन पुन: आह्वान गरेको छ ।
सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले निरन्तर सञ्चालन गरिरहेका ध्यानाकर्षण कार्यक्रमप्रति सरकार गम्भीर रहेको बताउँदै मन्त्रालयले यथाशीघ्र संवादमा आउन महासंघलाई आह्वान गरेको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले एक प्रेस विज्ञप्ति जारी गर्दै शिक्षकहरूको चासोप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्नुभएकाे छ ।
महासंघको औपचारिक प्रतिक्रिया अहिलेसम्म आएको छैन ।