आइपिएलमा १४ वर्षीय वैभवको शतक
जयपुर, १५ वैशाख । इन्डिन प्रिमियर लिग (आइपिएल)मा सोमबार १४ वर्षीय ब्याट्सम्यान वैभव सुर्यवंशीले कीर्तिमान शतक बनाएका छन् । राजस्थान रोयल्सका वैभवले गुजरात टाइटन्सविरुद्ध ३५ बलमा एक सय रन बनाएर आइपीएलमा सबभन्दा कम उमेरमा शतक बनाउने खेलाडी बनेका हुन् । आइपिएलमा भारतीय ब्याट्सम्यानले बनाएको तेज शतकमा पनि वैभवको नाम सबभन्दा अगाडि भएको छ । वैभवको पालि ३८ बलमा १०१ रन बनाएपछि सकियो ।
राजस्थान रोयल्सर्ले एक करोड दस लाख भारतीय रुपियाँमा अक्सनबाट आप्नो टिममा ल्याउँदा वैभव १३ वर्षका थिए । एजेन्सी
