कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई हरायो

नयाँ दिल्ली, वैशाख १७ गते । वेष्ट इन्डिजका सुनील नारायणको अलराउन्ड प्रदर्शनको सहयोगमा गत विजेता कोलकाता नाइट राइडर्सले मङगलबार राति दिल्ली क्यापिटल्सलाई १४ रनले हराएर इन्डियन सुपुर लिग (आइपिएल)को प्लेअफ खेल्ने सम्भावना कायम राखेको छ ।

नारायनले तेज गतिमा २७ रन बनाएपछि पहिले ब्याटिङ गरेको कोलकाताले नौ विकेटको क्षतिमा २०४ रन बनाएको थियो । नारायनले गुरबाज (१२ बलमा २६ रन)सँग मिलेर पहिलो विकेटका लागि तीन ओभरमै ४८ रन जोडेका थिए । दिल्लीका लागि अङक्रिस रघुवंशीले सर्वाधिक ४४ रनको पालि खेले । त्यसपछि नारायणले २९ रनमा तीन विकेट लिएर दिल्लीलाई नौ विकेटको क्षतिमा १९० रनमा सीमति पारे । यस सत्रमा दिल्लीको घरेलु मदानमा यो तेस्रो हार भएको छ । दिल्ली १२ अङ्कसहित चौथो स्थनमा कायम छ । कोलकाताले दस खेलबाट नौ अङक बनाएको छ ।

दिल्लीका लागि फाफ डु प्लेसिसल ४५ बलमा सर्वाधिक ६२ रन बनाए । कप्तान अक्सर पटेलले पन २३ बलमा ४३ रनको पालि खेले । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *