सरकारसँग वार्ता गर्न शिक्षक नेताहरू सिंहदरबारमा, सहमतिको अपेक्षा

काठमाडौं, १७ वैशाख । आफ्ना मागबारे सरकारसँग वार्ता गर्न शिक्षक नेताहरू सिंहदरबार पुगेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने वार्तामा आजै सहमति जुट्ने अपेक्षा गरिएको छ।

शिक्षक महासंघका नेताहरूका अनुसार, हिजो राति भएको वार्ता सकारात्मक रहेकाले आज सहमति हुने सम्भावना बलियो बनेको हो। वार्ता महासंघले अघि सारेको ९ बुँदे प्रस्तावमा केन्द्रित रहने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *