श्वेतपत्र जारी गर्दै हितेन्द्रदेवले भन्नुभयो–आफ्नो कार्यकालको कार्य सम्पादन मूल्यांकनको बेस आधारका लागि हो

काठमाडौं, १९ वैशा । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो प्रतिवद्धता अनुसार आज श्वेतपत्र जारी गर्नुभएको छ । उहाँले श्वेतपत्र जारी गर्दै ९७.५ पालिकामा विद्युत् पहुँच पुगेको र वडाका हिसाबले ९५ प्रतिशतमा विद्युत् पहुँच पुगेको उल्लेख गर्नुभयो । उहाँले घर संरचनाका आधारमा ९१.४ प्रतिशतमा पहुँच पुगेको उल्लेख गर्नुभयो । उहाँले फागुन मसान्तसम्म आन्तरिक माग २ हजार ३३७ मेगावाट रहेको भन्दै यो आवको अन्त्यसम्म २ हजार ४३८ मेगावाट पुग्ने प्रक्षेपण गरेको पनि उल्लेख गर्नुभयो ।

उहाँले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताएको पनि बताउनुभयो । उहाँले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि नरहेको भनदै १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएको उल्लेख गर्नुभयो ।

प्रसारण प्रणालीतर्फ आर्थिक वर्ष २०८१–८२ को फाल्गुन मसान्तसम्म ३१ पटक गरी ४ घण्टा २ मिनेट आंशिक प्रणाली ट्रिपिङ भएको उल्लेख गर्नुभयो । उहाँले वितरण प्रणालीमा देशभरि जडित थ्री फेज स्मार्ट मिटरमध्ये करिब ४८ हजार मिटरको २०८१ श्रावण देखि चैत्रसम्मको तथ्याङ्कको आधारमा वार्षिक औसत ८२५ पटक र ३७ मिनेट प्रति अवरोध गरी जम्मा ५०९ घण्टा ग्राहकहरूमा औसत विद्युत अवरुद्ध भएको उल्लेख गर्नुभयो । उहाँले यो अवरोध समयलाई कम गरिँदै लैजाने बताउनुभयो ।

उहाँले उच्च भोल्टेज सञ्जालतर्फ कुल ६,७४५ सर्किट किमि प्रसारण लाइन तथा १३,७५४ एमभीए सबस्टेसन सञ्चालनमा रहेको बताउनुभयो । उहाँले २,१२९ सर्किट किमि प्रसारण लाइन तथा ६,६६९ एमभीए सबस्टेसन निर्माणाधीन रहेको बताउनुभयो । उहाँले अन्तरदेशीयतर्फ कुल १,७४५ मेगावाट क्षमताको २२४ सर्किट किमि सञ्चालनमा रहेको बताउनुभयो ।

उहाँले आफ्नो कार्यकालको कार्य सम्पादन मूल्यांकनको बेस आधार बनाउनका लागि श्वेतपत्र ल्याएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा के कति प्रगति हुन्छ भनेर मूल्यांकनका लागि ऊर्जा मन्त्रालयसँग कार्य सम्पादन सम्झौता गरेको भन्दै उक्त सम्झौतामा पनि आफुले गरेका कामहरूको मूल्यांकनका लागि बेस आधार खडा गर्नका लागि यो श्वेतपत्र आवश्यक भएको उल्लेख गर्नुभयो । प्राधिकरणले हालसम्म गरेका प्रगति र भावी योजनाबारे स्पष्ट पार्नका लागि श्वेतपत्र जारी गरिएको भन्दै उहाँले यसबीचमा विद्युत् प्राधिकरणले जारी गरेका तथ्यांकहरुमा स्पष्ट पार्नका लागि यो श्वेतपत्र सहयोगी हुने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *