शाक्यको श्वेतपत्रमा कुलमानका कपट श्रृंखलाः ठेकेदारलाई दिएको ३८ करोड रकमको छैन बासलात
काठमाडौं, १९ वैशाख । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो प्रतिवद्धता अनुसार आज श्वेतपत्र जारी गर्नुभएको छ । उहाँले जारी गरेको श्वेतपत्रमा कुलमान घिसिङले प्राधिकरणको नेतृत्व गर्दा संस्थालाई कतिसम्म खोक्रो बनाउनु भएको रहेछ भन्ने छर्लङ देखाउनु भएको छ । लोडसेडिङ अन्त्यको हौवा फौलाएर प्राधिकरण भित्र ब्रमलुट गर्नुभएका घिसिङले लामो समय प्राधिकरणको नेतृत्व गर्दा त्यहाँ भित्र डरलाग्दो हिनामिना भएको तथ्य श्वेतपत्रमा उल्लेख गरिएको छ ।
ऋार्थिक वर्ष २०८०–०८१ सममा कुल सम्पत्ति करिब ६ खर्व ४४ अर्ब रहेको र स्थिर सम्पत्ति रु २ खर्व ३५ अर्ब तथा करिब २ खर्व २० अर्ब बराबराका निर्माणाधिन आयोजनाहरु रहेको श्वेतपत्रमा उल्लेख छ । ती आयोजनाहरुलाई यथाशिघ्र सम्पन्न गरी यसको प्रतिफल प्राप्त गर्नुपर्ने श्वेतपत्रमा उल्लेख छ ।
आफूलाई भगवानको अवतार बनाएर प्राधिकरणमा रजगज गर्नुभएका घिसिङले कतिसम्म बदमासी गर्नुभएको थियो भन्ने चित्र शाक्यले प्रस्तुत गर्नुभएको छ । उहाँले श्वेतपत्रको संक्षिप्त सार प्रस्तुत गर्दै महालेखा परिक्षकको प्रतिवेदनमा औँलाएका कैफियतहरुको फेहरिस्त खोतल्नुभयो । ‘नेविप्राको लामो समयदेखि सम्पत्तिको भौतिक परीक्षण नभएको तथा प्रचलित अभ्यास र फम्र्याट अनुसार सम्पत्तिको रेकर्ड नराखिएको, स्थिर सम्पत्तिको लेखा सफ्टवेयरमा भन्दा असिस्ट म्यानेजम्यान्ट सफ्टवयेरमा (एएमएस) मा रु ३७. १६ करोड कम रकम लेखांकन भएको, स्थिर सम्पत्तिको असिस्ट म्यानेजम्यान्ट सफ्टवयेरमा– सीएआईएसको, गत आर्थिक वर्षमै नष्ट गरी सकेको रु ७.५८ करोडको सम्पत्ति यस आर्थिक वर्ष २०८०–०८१ मा पनि रेकर्डबाट हटाउनु पर्नेमा नहटाइएको,’ उहाँले सार्वजनिक गरेको श्वेतपत्रमा भनिएको छ, ‘२१७१ रोपनी जग्गा रेकर्डमा देखाए पनि संस्थाको नामा लालपुर्जा नभएको, रु २४.१२ अर्व बराबरको सम्पत्ति पुँजिकरण कुनै आधार विना नै गरिउकोर सोको भोतिक परिक्षण पनि नगरिएको, संस्थाको आर्थिक वर्ष २०८०–०८१ मा स्थिर सम्पत्तिमा ह्रास समायोजन रु ४४. ३४ करोड हुन नसकेको, रु १. ५१ ऋर्वको सीडब्यूआईपी पत्ता लाग्न नसकेको, परियोजना सम्पन्न भै सकेपछि पनि रु ८.१६ अर्वको सम्पत्तिलाई स्थिर सम्पत्तिमा पुँजिकरण नगरिकन सीडब्युआइपीमै देखाइएको ।’
हिनामिना भएको नगद रु ५७.१ लाखलाई अन्य ऋण तथा पेश्कीमा देखाइएको तर सो रकमलाई नाफा नोक्सान हिसावमा खर्च लेख्नुपर्नेमा नलेखेको, विगत लामो समयदेखि रु २५. ८१ करोडको नगदलाई मार्गस्थ नगद भनि देखाइएको जस्ता कुरालाई पनि कैफियत भनिएको छ,’ श्वेतपत्रमा भनिएको छ, ‘विगत लामो समयदेखि कुनै कारोबार बिना नै रु ३८. ४० करोड ठेकेदारलाई पेश्की दिएको रकम बासलातमा देखिएको र सो रकम प्राप्त हुनेमा शंका भएको, रु २. ८८ अर्व बराबरको प्राप्त गर्नुपर्ने आसामी पत्ता लाग्न नसकेको ।अनुसन्धान समितिले छानविन गरी मौज्दात मा कमि औँल्याई समायोजन गर्नुपर्ने भनि एकिन गरेको रु ७. ४१ करोड र इम्लिमेन्ट लस व्यवस्था गर्नुपर्ने रुकम रु ३.३४ करोडलाई नाफा–नोक्सान हिसाव र मौज्दातमा समायोजन नगरेको ।’
शाक्यले उपरोक्त बमोजिमका महालेखा परिक्षकको प्रतिवेदनमा औँल्याइएको कैफियतहरुलाई संस्थागत सुशासन कायम गर्नका लागि आवश्यक भएकोले सो कैफियतहरुलाई आगामी दिनमा समायोजन गर्दै लगिने बताउनुभयो ।
