ईपीएस शाखामा धर्ना दिने युवामाथि प्रहरीको लाठीचार्ज

काठमाडौँ, २२ वैशाख । ललितपुरको ग्वार्कोस्थित ईपीएस (इम्प्लोयमेन्ट पर्मिट सिस्टम) कोरिया शाखा कार्यालयमा धर्ना दिन पुगेका युवाहरूमाथि प्रहरीले लाठीचार्ज गरेको छ।

कोरियन भाषा परीक्षा (ईपीएस) उत्तीर्ण गरेको १८ महिनाभन्दा बढी समय बितिसक्दा पनि रोजगारीका लागि दक्षिण कोरिया जान नपाएको भन्दै आक्रोशित युवाहरूले आज शाखा कार्यालय अगाडि धर्ना दिएका थिए।

धर्नाका क्रममा प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरेको हो। सो क्रममा प्रहरीले कम्तीमा दुई जना प्रदर्शनकारी युवालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम अधिकारीले भने प्रदर्शनकारीहरूले सडक नै बन्द गरेर यातायात अवरुद्ध पारेपछि स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गर्नुपरेको बताउनुभएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *