तीनकुनेमा सवारी दुर्घटना: एकको मृत्यु, तीन घाइते

 

काठमाडौं, २५ वैशाख । काठमाडौँको तीनकुनेमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छन्।

घाइतेहरूमा मोटरसाइकल चालक २७ वर्षीय पदम थापा मगर, भ्यान चालक रत्न सार्की र बस यात्रु २० वर्षीया मेनुका बुढाथोकी रहेका छन्। प्रहरीका अनुसार, रातो बत्तीमा रोकिराखेको भ्यान र मोटरसाइकललाई पछाडिबाट आएको बसले ठक्कर दिएको थियो।

बिहान ६:३५ बजे बा ३ ख ७०६२ नम्बरको बसले बा प्र ०१-०२६ च २९२७ नम्बरको भ्यान र बा.प्र. ०२-०५३ प ३८२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। बस चालक इलामका ५९ वर्षीय रामकुमार खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइतेहरूको उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *