पञ्जाब किङस प्लेअफको सङघारमा
राजस्थान, ४ जेठ । पञ्जाब किङ्स आइतबार राजस्थान रोयल्सलाई रोामञ्चक खेलमा दस रनले हराएर इन्डियन प्रिमियर लिग (आइपिएल)को प्लेअफको नजिक पुगेको छ । पञ्जाबले प्लेअफ नखेलेको करीब दस वर्ष भइसकेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टिम पञ्जाबले निर्धारीत २० ओभरमा पाँच विकेटको क्षतिमा २१९ रन बनाएको थियो । राजस्थानले सात विकेटको क्षतिमा २०९ रन मात्र बनाउनसक्यो । घरेलु टिम राजस्थानले लक्ष्य पछ्याउने क्रममा शानदार ब्याटिङ गरेको थियो । प्रारम्भिक ब्याट्सम्यानद्वय यसस्वी जयसवाल र वैभव सुर्यवंशी दुवैले चौका र छक्काको वर्षात् गरी पाँच ओभरमै ७६ रन बनाएर विस्फोटक सुरुआत दिलाएका थिए ।
यशस्वी २५ बलमा नौ चौका र एक छक्कासहित ५० रनमा आउट भए । १४ वर्षीय वैभवले पनि मात्र १५ बलमा चार चौका र चार छक्का प्रहार गरी ४० रन बनाए । त्यसपछि भने राजस्थनका लागि धु्रव जुरेल (३१ ब्लमा ५३) ले मात्र उपयोगी पालि खेल्नसके । इमपाक्ट खेलाडीको रुपमा मैदान छिरेका स्पीनर हरप्रीत ब्रारले यशस्वी र वैभवको सहित तीन विकेट लिएर पञ्जाबलाई खेलमा फर्काएका हुन् ।
यसअघि, पावर प्लेमा ५८ रन बन्दा तीन विकेट गुमाएको पञ्जाबले नेहाल बडेरा (३७ बलमा ७० रन) र ससांक सिंह (३० बलमा अविजित ५९ रन) को अर्धशतकीय पालिमा विशाल स्कोर बनाएको थियो ।
एजेन्सी
