पञ्जाबले क्वालिफायर वन खेल्ने पक्का
जयपुर, जेठ १३ गते । पञ्जाब किङसले सोमबार रात मुम्बई इन्डियन्सलाई सात विकेटले हराएर इन्डियन प्रिमियर लिग (आइपिएल)मा शीर्ष दुई स्थान पक्का गरेको छ ।
मुम्बईले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १८४ रन बनाएको थियो । पञ्जाबले तीन विकेटको क्षतिमा १८७ रन बनएर लक्ष्य हासिल गर्यो । जोस इङगलिस (७३ रन) र प्रियान्स आर्या (६२) को अर्धशतकीय पालिले मुम्बईको बलिङ धराशायी बनाएका हुन् । मुम्बईका लागि सुर्यकुमार यादवले सर्वाधिक ५७ रन बनाउनुभएको थियो ।
पञ्जाबले अब बिहिबार हुने क्वालिफायर वन खेल्ने भएको छ । क्वालिफायर वनमा विजेता टिम सीधै फाइनलमा पुग्ने प्रावधान रहेको छ । सो खेलमा पराजत हुने टिमले इलिमिनेटर वनसँगको विजेतासँग खेलेर फाइनलमा स्थान बनाउने अर्को अवसर पाउनेछ । मुम्बईले भने इलिमिनेटर खेल्ने भएको छ । क्वालिफायर र इलिमिनेटर खेल्ने अन्य दुई टिम रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइन्समध्ये हुनेछ । हाल गुजरात दोस्रो स्थानमा रहेको छ । तर बेगलुरुले मङगलबार राति लखनउ सुपर किङगसलाई हराएर शीर्ष दुईमा स्थान बनाउनसक्नेछ । यसो भएमा गुजरात र मुम्बई बिच इलिमिनेटर र पञ्जाब र बेंगलुरुबिच क्वालिफायर वन खेलिनेछ । एजेन्सी
तस्बिर साभार ः एपी
