विभिन्न झाँकीसहित एमालेकाे गणतन्त्र उत्सवमा नेता, कार्यकर्ता

काठमाडौँ, १५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गणतन्त्र स्थापना भएर १८औँ वर्षमा प्रवेश गरेको अवसरमा गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाएकाे छ ।
उत्सव मनाउन काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट एमालेका नेता, कार्यकर्ता र्यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भएका छन् ।
नेकपा एमालेका महासचिव शंकर पाेखरेलकाे नेतृत्वमा विभिन्न स्थानबाट आ-आफ्नो भेषभूषा, सांस्कृतिक झाँकी, र्यालीसहित बरिष्ठ नेता मन्त्री लगाएत उत्सवमा सहभागी हुनुभएकाे छ । उक्त बृहत् र्याली सहिदगेट, सुन्धारा रत्नपार्कहुँदै प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएर सम्बोधन गरेपछि उत्सव समापन हुने एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।