रोयल च्यालेन्जर्स बेंगलुरु आइपीएलको फाइनलमा

मोहाली (भारत), १६ जेठ । रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ । रोयल च्यालेन्टलजर्स बेंगलुरु क्वालफायर वनमा पञ्जाब किङसलाई सजिलै आठ विकेटले हराएर उपाधि भिडन्तमा पुगेको हो ।

पहिले ब्याटिङ गरेको पञ्जाब १०१ रनमै अलआउट भएको थियो । त्यसपछि रोयल च्यालेन्जर्स बेंगलुरुका प्रारम्भिक ब्याट्सम्यान फिल साल्टले २७ बलमा अविजित ५६ रन बनाएर पञ्जाबलाई खेलमा फर्किन दिएनन् ।

रोयल च्यालेन्जर्स बेंगलुरुले दस ओभरमा दुई विकेटको क्षतिमा १०६ रन बनाएर लक्ष्य हािसल गर्यो । ११ वर्षपछि प्लेअफमा पुगेको पञ्जाबसमक्ष फाइनलमा पुग्ने अर्को अवसर हुनेछ । उसले इलिमिनेटरमा मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबिचको खेलको विजेतासँग क्वालिफायर टु खेल्नेछ ।

तस्बिर साभार ः एपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *