पञ्जाब किङस आइपिएलको फाइनलमा

अहमदाबाद, १९ जेठ । कप्तान श्रेयर एयरले ४१ बलमा अविजित ८७ रनको पालि खेलेपछि पञ्जाब किङसले आइतबार राति क्वालफायर २ मा मुम्बई इन्डियन्सलाई पाँच विकेटले हराएर इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा स्थान बनाएको छ । पञ्जाबले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध खेल्नेछ । यी दुवै टिम पहिलो पटक आइपिएल उपाधि जित्ने अभियानमा छन् ।

मुम्बईले पहिले ब्यािटङ गर्दै निर्धारीत २० ओभरमा छ विकेटको क्षतिमा २०३ रन बनाएको थयो । पञ्जाबले एक ओभर बाँकी छँदै पाँच विकेटको क्षतिमा २०७ रन बनाएर लक्ष्य हासिल गर्यो । एजेन्सी

तस्बिर साभार ः एपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *