आइपीएलको विजयउत्सव मनाउने क्रममा बेंगलुरुमा एघार जनाको मृत्यु

बेङ्गलुरु (भारत), २२ जेठ । बेंगलुरुको एम. चिन्नास्वामी रंगशालामा भएको भागदौडमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । यसैगरी ३० भन्दा बढी घाइते भएका छन् ।

रोयल च्यालेनजर्स बेंगलुरुले मङगलबार पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) जितेपछि सो टिमको घरेलु रङगशाला चिन्नास्वामीमा विजयउत्सव मनाउन बुधबार हजारौं क्रिकेट प्रशंसक भेला भएका थिए । सोही अनियन्त्रित भीड रङगशालाभित्र प्रवेश गर्न खोज्दा अप्रिय घटना भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई हृदयविदारक भन्नुभयो । आईपीएल आयोजक भारतीय क्रिकेट कन्ट्रोल बोर्डले विज्ञप्ति प्रकासित गर्दै सो घटनालाई दुर्भाग्यपूर्ण भन्यो । बीसीसीआई सचिव देवजित सैकियाले यो लोकप्रियताको नकारात्मक पक्ष हो, भने ।

भारतमा ठूलो भीड जम्मा हुँदा भागदौड तुलनात्मक रूपमा सामान्य छ । गत जनवरीमा, विश्वको सबभन्दा ठूलो धार्मिक जमघट महाकुम्भ महोत्सवको क्रममा दसौं हजार धर्मावलम्बीले पवित्र नदीमा स्नान गर्न हतार गर्दा कम्तीमा ३० जनाले ज्यान गुमाएका थिए । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *