विपद् उद्धार अभ्यासका क्रममा बेपत्ता राजवंशीको शव फेला, साउदको खोजी जारी
काठमाडाैं, २३ जेठ । विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ ।
उक्त टोलीले बेपत्ता भएका सशस्त्र प्रहरी जवान हरेदेव राजवंशीको शव केहीबेरअघि फेला पारेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार झापाका राजवंशीको शव सप्तकोशी किनारमा फेला पारेको हाे ।
हराइरहेका अर्का प्रहरी जवान डोटीका सुरज साउदको शवकाे खोजी जारी छ ।