विमानस्थलबाट फेरि समातियो ठूलो परिमाणको सुन, भारतीय महिला पक्राउ

काठमाडौँ, ४ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो १६० ग्राम अवैध सुनसहित महिला पक्राउ परेकी छन्।

मंगलबार राति सारजाहबाट काठमाडौँ ओर्लिएकी एक भारतीय ५३ वर्षीया खेमानी मिना सुजित सिंह रहेको विमानस्थल प्रहरीले जनाएको छ।

एयर अरेबियाको विमानबाट आएकी उनले भन्सार जाँच पार गर्ने प्रयास गरेकी थिइन्, तर सुरक्षाकर्मीले जाँच गर्दा सुन बरामद भएको हो।

विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *