पेरिस सेन्ट जर्मन क्लब विश्वकप फुटबलमा नकआउटमा

सियाटल, १० असार । पेरिस सेन्ट जर्मनले घरेलु टिम सियाटल साउन्डर्सलाई २–० ले हराएर क्लब विश्वकप फुटबल प्रतियोगताको नकआउटमा स्थान बनाएको छ ।

खेलको ३५ औँ मिनेटमा ख्विचा क्वारासखेलियाले गोल गरी पेरिस सेन्ट जर्मनलाई अगाडि पारेका हुन् । भिटिन्हाले प्रहार गरेको बल क्वारासखेलियालाई लाग्दै गोल भएको हो । च्याम्पियन्स लिग विजेता पेरि सेन्ट जर्मनले खलको ६६ औँ मिनेटमा अर्को गोल गर्यो । ब्राडली बार्कोलाको पासमा असरफ हाकिमीले गोल गरी पेरिसको जित पपक्का गरे ।

सो खेलमा सियाटलले एक पटक पनि पेरिस सेन्ट जर्मनको पोस्टमा गोेल हुने खालको आक्रमण गर्न सकेन । समूह बीबाट पेरिस सेन्ट जर्मन विजेता हुँदै अगाडि बढेको हो । एजेन्सी

तस्बिर साभारः एपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *