मेसीको मियामीविरुद्ध पालमिराजको शानदार पुनरागमन
मियामी, १० हसार । लियोनेल मेसीको टिम इन्टर मियामी मङगलबार ब्राजिलको पालमिराजसँग २–२ ले बराबरीमा खेलेर क्लब विश्वकप फुटबल प्रतियोगिताको प्रिक्वाटरफाइनलमा पुगेको छ । पालमिराजले अन्तिम समसयमा गोल गरी इन्टर मियामीलाई जितबाट वञ्चित पारेको हो ।
खेलको ८७ औँ मिनेटमा माउरिसियोले गोल गरी मियामीलाई निराश पारे । यद्यप बराबरी पनि दुवै टिमका लागि अगाडी बढ्न पर्याप्त भयो ।
एक समय इन्टर मियामी २–० ले अगाडि थियो । खेलको १६ औँ मिनेटमा टाडियो आलन्डे र ६५ मिनेटमा लुइस सुवारेजले गोल गरेपछि मियामी जिततर्फ अग्रसर भएको हो ।निर्धारत समय सकिन दस मिनेट बाँकी छँदा पाउलिनो र तीन मिनेट बाँकी छँदा माउरिसियोले गोल गरी ब्राजिलको क्लबलाई प्रिक्वाटरफाइनलमा पुर्याए ।
दुवै टिम समान चार–चार अङ्कसहित नकआउटमा पुगेका हुन् । पालमिराज समूह विजेताको रुपमा अगाडि बढेको हो । अब उसले अन्तिम १६ मा ब्राजिलकै बोटाफोगोसँग खेल्नेछ ।
एजेन्सी
तस्बिर साभारः एपी