सूर्यमूखी फूलको आकारमा बन्दै कीर्तिपुरको प्याराफिट (भिडियो रिपोर्ट)
काठमाडौं, ११ असार । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली २०७२ साल असोज २४ गते प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको थियो । २०७२ असोज २५मा सपथ लिएपछि त्यहि दिन ओलीले पदभार ग्रहण गर्दै देशभर रहेका ३ सय ५० बढी तुइन २ वर्ष भित्रमा हटाउने निर्णयमा हस्ताक्षर गर्नुभएको थियो भने लगतै बसेको मन्त्रिपरिषद बैठकले उहाँको उक्त निर्णयलाई अनुमोदन गरेको थियो ।
७२ सालको ९ वर्षपछि अर्थात २०८१ असार ३१ गते ओली फेरि तेस्रो पटक मुलुकको ंप्रधानमन्त्री बन्नुभएपछि प्रदभार ग्रहण गर्नुभयो । पदभार ग्रहणपछि उहाँले ३०० दिनभित्र कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने र फ्लडलाइटसँगै प्याराफिट निर्माण सम्पन्न गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले त्यतिबेला कीर्तिपुर क्रिकेट मैदानमा प्याराफिटमै बसेर एकै पटक हजारौँ दर्शकले हेर्न मिल्ले र रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने घोषणा गर्दा धेरैले उहाँको त्यो निर्णयलाई खिसिटियुरी गरेका थिए ।
तर, प्रधानमन्त्री ओलीले घोषणा गरेको त्यहि आयोजना अहिले दु्रत गतिमा निर्माणको काम अघि बढिरहेको छ । मौसममा आएको फेरवदल र डिजाइजको परिवर्तनका कारण प्रधानमन्त्री ओलीले घोषणा गरेको ठ्क्कै मितिमा काम सम्पन्न नभए पनि अहिले उक्त क्रिकेट मैदान निर्माणको करीब अन्तिम चरणमा पुगेको छ ।
मैत्रिन्युजको टीम केही दिन अघि किर्तीपुरस्थित क्रिकेट मैदानमा रिपोर्टिङका लागि पुग्दा निर्माणको काम धमाधम भैरहेको थियो । कतै डोजहरु लगातारको पानीले विगारेको बाटो सम्याइरहेका थिए भने कतै एस्काभेटर क्रिकेट मैदानका डाँडाहरु सम्याइरहेका देखिन्थे । अनि कतैचाँहि खुलेको मौसममा असिनपसिन हुँदै प्याराफिटमा कुर्सी राख्ने तयारीका लागि त्यहाँ काम गर्ने प्राविधिकहरु खटिरहेका देखिन्थे ।
कोही मजदुरहरु प्यारफिटमा फलाका डण्डीमा तार बाँधिरहेका देखिन्थे भने कोही फलामका लठ्ठाहरु बोकेर ओहोरदोहोर गरिरहेका देखिन्थे ।
निरन्तरको झरीका कारण त्यहाँको कालोमाटोमा काम गर्न निकै हम्मेहम्मे परेको सहज अनुमान गर्न सकिन्थ्यो । तर, त्यहाँ खटिएका प्राविधिक र मजदुरलाई विसाउने फुर्सत फिटिक्कै देखिँदैनथ्यो ।
२ सय २५ बढी कामदार २४ सै घण्टा खटेर असार मासान्तासम्म जसरी पनि काम सक्ने गरी भिडिरहेका देखिन्थे । सुरुमा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निर्माण गर्ने भनिएपनि त्यहाँबाट त्यहाँ प्राविधिकलगायतको अभावका कारण समयमा सम्पन्न हुने अवस्था नदेखिएपछि प्रधानमन्त्री ओलीले नै सहरी विकास मन्त्रालयलाई मैदान निर्माणको जिम्मेवारी सुम्पिनु भएको यो प्रोजेक्ट पूरा गर्ने जिम्मेवारी अहिले सहरी विकास मन्त्रालयले पाएको छ । उक्त मन्त्रालयले जिम्मेवारी पाएपछि भने कामको गति पनि बढेको देखिएको छ ।
२५ हजार सिट क्षमताको गुरुयोजना बने पनि अहिले पहिलो चरणमा भने त्यहाँ १० हजार सिट क्षमताको प्यारफिट र रात्रीकालिनमा पनि खेल्न मिल्ने गरी ६ वटा फ्लडलाइट जडानको काम तिव्र गतिमा भैरहेको छ ।
गत जेठ २५ गते प्रधानमन्त्री केपी शर्मा ओली उपप्रधानमन्त्री प्रकाशमान सिंह, शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्डसहित स्तरोन्नति भैरहेको क्रिकेट मैदान पुगेर अनुगमन गर्दै जतिसक्दो छिटो काम सम्पन्न गर्न निर्देशन दिएर फर्किनु भएको थियो । त्यसपछि अझ सरोकारवाला निकाय र ठकेदार कम्पनीहरुलाई पनि समयमै काम सम्पन्न गर्नुपर्ने चाप थपिएको छ ।
संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ड अहिले प्याराफिट निर्माण र फ्लडलाइट जडान गरी दुई चरणका काम भैरहेको भन्दै सकेसम्म समयमै काम सम्पन्न गर्ने काम भैरहेको बताउनुहुन्छ ।
पदभार ग्रहणसँगै प्रधानमन्त्रीले घोषणा गरेको आयोजना भएकाले पनि जतिसक्दो छिटो काम सम्पन्न गर्नुपर्ने हतारोमा सहरी विकास मन्त्रालय पनि छ । पुस चार गते कार्यक्रम स्वीकृति भएपछि पुस ५ गते नै बोलपत्र निकालेर दु्रत गतिमा काम थालेको भन्दै कण्ठ गत बैशाख २४ भित्रै सम्पन्न गर्ने गरी काम थाले पनि केही प्राविधिक कारणले अलिकति ढिला भएको बताउनु हुन्छ ।
त्यसो त प्रधानमन्त्री ओलीले वैशाख २२ गते सम्वन्धित मन्त्रालयका मन्त्री, सचिव र सरोकारवाला कर्मचारी अनि ठेकेदार सबैलाई बोलाएर कार्यप्रगतिबारे छलफल गरी आगामी दुुई महिनाभित्र काम सक्न निर्देशन नै दिनुुभएको थियो । त्यसपछि अझ द्रुत गतिका साथ काम भैरहेको कंठ बताउनु हुन्छ ।
५० करोडको हाराहारीमा प्याराफिट र ४३ करोडका हाराहारीमा काम सम्पन्न गर्ने गरी बिकेओआई (केसीडिसी¬) बीजी जेभी र विशन–ईश्वरी जोइन्टभेन्चरले ठेक्का पाएको यो अन्तर्राष्ट्रियस्तरको खेल मैदान सम्पन्न भएपछि विदेशीहरुका लागि समेत आकर्षित स्थल हुनेमा आशावादी हुनुहुन्छ कंठ । हामीले केही नयाँपन दिनुपर्छ भनेर प्याराफिटमा फूलेको सूर्यमुखी फूलको आकृतिसहितका कुर्सी राख्ने तयारी गरेका छौँ । त्यसले थप आकर्षित गर्ने हामीले अपेक्षा गरेका छौँ ।
त्रिवि परिसरमै रहेको यो क्रिकेट मैदानले हालसम्म एक्लै अन्तर्राष्ट्रिय क्रिकेटको भार थेग्दै आएको छ । यहाँ संरचना थपिएपछि एकातिर अन्तराष्ट्रियस्तरको यो क्रिकेट मैदान आकर्षित देखिने छ भने माटोको ढिस्कामा बसेर क्रिकेट गर्नुपर्ने दर्शकहरुको बाध्यता अब हट्ने निश्चि जस्तै छ ।
प्याराफिट निर्माणको जिम्मेवारी पाएको कम्पनीका प्रोजेक्ट डाइरेक्टर भरत गिरी पनि समयमा काम सम्पन्न गर्नका लागि अहिले दुई सिफ्टका २ सय ४५ कामदारले ४२ सै घण्टा काम गरिरहेको बताउनुभयो ।
प्रधानमन्त्रीले समेत समयमा काम सम्पन्न गर्न निर्देशन दिएको भन्दै गिरीले मौसमी परिवर्तन र डिजाइनको फेरवदलले केही ढिलाई भएको भन्दै अब असार मसान्तासम्म प्याराफिटको काम सम्पन्न गर्ने बताउनुभयो ।