रियल म्याड्रिड क्लब विश्वकपको अन्तिम १६ मा
फिलडेल्फिया, १३ असार । स्पेनको रियल म्याड्रिडले अस्ट्रियाको साल्जवर्गलाई शुक्रबार ३–० ले हराएर क्लब विश्वकप फुटबल प्रतियोगताको अन्तिम १६ मा स्थान बनाएको छ । स्पेनको हस्ती क्लब रियल म्याड्रिड समूह एचमा शीर्ष स्थान बनाएर अगाडि बढेको हो । साल्जवर्ग भने समूह चरणबाटै बाहिरियो । यस समूहबाट अल हिलाल अगाडि बढेको छ ।
सो खेलमा ब्राजिलका स्ट्राइकर भिनिसियस जुनियरले एक गोल गर्नुका साथै एक गोलमा एसिस्ट गरे । रिल म्याड्रिडका लागि उरुग्वेली खेलाडी फेडरिको भल्भर्डेले भिनिसियसकै पासमा गोल गरेका हुन् । खेलको ८४ औँ मिनेटमा गोन्जालो गार्सियाले पनि गोल गरेपछि रियल म्याड्रिडको जित पक्का भयो ।
रियल म्याड्रिडले अन्तिम १६ मा युभेन्टससँग खेल्नेछ । यस समूहको उपवजेता अल हिलालले म्यान्चेस्टर सिटीको सामना गर्नेछ । सोही राति अल हिलालले पाचुकालाई २–० ले पराजित गरेको थियो ।
एजेन्सी
तस्बिर साभारः एपी