एरिकालाई थाइल्यान्ड ओपनमा स्वर्ण पदक

काठमाडौँ, १४ असार । नेपालकी एरिका गुरुङले शनिबार थाइल्याण्ड ओपन कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् । एरिकाले सिनियर महिला कुमिते +६८ केजीको फाइनलमा थाइल्याण्डकी चनकन खियोखामलाई पराजित गरिन् । एरिकाकै इभेन्टमा नेपालकी महिमा राइले काश्य पदक हासिल गरिन् ।

सो प्रतियोगतामा यू१२ पुरुष कुमिते ३७ केजीमा सम्पन्न बस्नेतले रजत पदक जिते । यसैगरी सिनियर पुरुष कुमिते ७५ केजीमा राजिव पुडासैनी, सिनियर महिला कुमिते ६८ केजीमा कृतिका अधिकारी, सिनियर महिला कुमिते ५५ केजीमा सबिना श्रेष्ठ, सिनियर महिला कुमिते ५० केजीमा वर्षा बुढामगर, यू१४ महिला ५२ केजीमा दिया तामाङ,

पुरुष कुमिते ४५ केजीमा आशिष हरिजन, यू१४ पुरुष कुमिते ५० केजीमा प्रजल थापा र ३२ केजी पुरुष कुमितेमा सायर भट्टराईले काशय पदक हासिल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *