चाैतारा साँगाचाेकगढी वडा नं १ का सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षकहरूलाई इसिडि तालिम
सिन्धुपाल्चाेक, २३ असार । श्री सेतीदेवि माध्यमिक विद्यालयलगाएत चाैतारा साँगाचाेकगढी वडा नं १ स्याउलेका सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत बालविकास (ECD) का शिक्षकहरूलाई ३ दिने क्षमता अभिवृद्धि तालिम भब्यरूपमा सम्पन्न भएकाे छ ।
सेतीदेवी पूर्व विद्यार्थी एकता समाजको आयोजना र अर्लि चाइल्डहुड लर्निङ फसिलिटेसनको प्राविधिक सहयाेगमा श्री सेतीदेवि माध्यमिक विद्यालयमा ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएकाे हाे ।
पूर्व विद्यार्थी एकता समाजले ३ दिने क्षमता अभिवृद्धि तालिम समापन शनिबार गरेकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं १ का अध्यक्ष युवलाल श्रेष्ठले समाजले गरेकाे क्षमता अभिवृद्धि तालिमले शिक्षकहरू लाभान्वित भएकाे बताउनुभयाे । उहाँले यस्ताे किसिमकाे तालिमले शिक्षाकाे जग बलियाे बनाउन मद्दत पुग्ने बताउनुहुँदै भावी कार्यक्रममा वडाले पनि यस्ताे कार्यक्रममा साथ दिने बताउनुभयाे ।
अतिथि तथा श्री सेतीदेवि माध्यमिक विद्यालयका प्रधानाध्यापक सबिन दंगालले पूर्व विद्यार्थीहरूले विद्यालयमा सञ्चालन गरेकाे तालिमले वडा भरिकै विद्यालयकाे क्षमता अभिवृद्धिमा टेवा पुगेकाे बताउनुहुदै आगामी दिनहरूमा यस्तै साथ र सहयाेकाे अपेक्षा गरेकाे बताउनुभयाे ।
समाजका अध्यक्ष दिपेन्द्र श्रेष्ठले वडा भरिकै विद्यालयकाे क्षमता अभिवृद्धिमा पूर्व विद्यार्थी समाजले कार्ययाेजना बनाएरै तालिमकाे आयाेजना गरेकाे बताउँदै यस्ताे कार्यक्रमहरू भावी दिनहरूमा पनि आयाेजना गर्ने बताउनुभयाे ।
प्रमुख प्रशिक्षक तथा अध्यक्ष बन्दना एल श्रेष्ठले समाजले अर्ली चाइल्डहुड लर्निङ फसिलीटेसनसंग विगतदेखि सहकार्य गरिरहेकाे बताउँदै उक्त तालिमले शिक्षकहरूमा नयाँ जाेश र जाँगर थपिने बताउनुभयाे । कार्यक्रममा निर्देशक राजाराम महाजुले विद्यालयका गरिव तथा विपन्न विद्यार्थीहरूका लागि स्टेस्नरी सहयाेगका लागि रू पाँच हजार रूपैयाँ प्रधानाध्यापक दंगाललाई हस्तान्तरण गर्नुभयाे ।
सहभागि शिक्षकहरूले याे छाेटाे अवधिमा सञ्चालन भएकाे क्षमता अभिवृद्धि तालिमले धेरै नजानेका विषयहरू सिक्न पाएकाे बताउँदै आगामी दिनमा अझै नयाँकुरा सिक्न आतुर रहेकाे बताउनुभयाे ।
कार्यक्रम समाजका सदस्य तथा विद्यालयका अंग्रेजी विभागका शिक्षक पञ्चलाल श्रेष्ठले सञ्चालन गर्नुभएकाे थियाे ।