अस्ट्रेलियामा नेपालले खेल्ने खेलको तालिका सार्वजनिक
काठमाडौँ, असार २४ गते । नेपाली क्रिकेट टोलीले अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजमा खेल्ने टिम र खेल तालिका सार्वजनिक भएको छ ।
टि २० संरचनामा हुने कूल ११ टिम सहभागी सो प्रतियोगितामा नेपालको राष्ट्रिय टिमले बङगलादेश ए, पाकिस्तान साहिन्स, नर्थन टेरिटोरी स्ट्राक्स तथा बिग ब्यास लिग टिमहरु मेलबर्न स्टार्स, होवर्ट हरिकनस र मेलवर्न रेनेगेड्सका एकेडेमी टिमसँग खेल्नेछ ।
नेपालले यो प्रतियोगिता आउँदो अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि खेल्न लागेको हो ।
नेपालले अगस्ट १५ मा नर्दर्न टेरिटोरी स्ट्राइक, अगस्ट १६ मा बंगलादेश ए, अगस्ट १८ मा मेलबर्न स्टार्स, अगस्ट १९ मा होबार्ट हुरिकेन्स र अगस्ट २० मेलबर्न रेनेगेड्स र अगस्ट २२ मा पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।